दफा ५
अदालतले स्वयं जानकारी लिने कुराहरू
(१) अदालतले देहायका कुराहरूको स्वयं न्यायिक जानकारी लिनु पर्छ
(क) नेपालको इलाका,
(ख) नेपालको संविधान र नेपाल कानून,
(ग) नेपालको राष्ट्रिय झण्डा,
(ग१) नेपालको राष्ट्रिय गान,
(ग२) नेपालको निशान छाप,
(घ) राष्ट्रपतिको शपथ,
(ङ) विधेयकको प्रमाणीकरण मिति,
(च) नेपाल राजपत्रमा प्रकाशित सूचनाहरू ।
(२) अदालतले विवादको विषय हुन नसक्ने सामान्य ज्ञानका कुराहरूको स्वंम न्यायिक जानकारी लिन हुन्छ ।
तर यस उपदफा अनुसार मुद्दाको कुनै पक्षले कुनै कुराको न्यायिक जानकारी लिन अदालतलाई अनुरोध गरेमा अदालतले त्यस सम्वन्धमा आवश्यक प्रमाण पेश गर्न सो पक्षलाई आदेश दिन सक्नेछ र अदालतलाई सन्तोष हुने गरी प्रमाण पेश नभएसम्म अदालतले सो कुराको न्यायिक जानकारी लिन इन्कार गर्न सक्नेछ ।
(२क) उपदफा (२) को अवस्थामा बाहेक अदालतले न्यायिक जानकारीमा लिने विषयमा पक्षले प्रमाण पुच्याउनु पर्ने छैन।
(३) यस दफा अन्तर्गत न्यायिक जानकारी लिन अदालतले आवश्यक किताब वा लिखतको सहायता लिन सक्नेछ ।